प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बिहान ९:०० बजे बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि समसामयीक राजनीतिका विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार जानुभएको उहाँको सचिवालयले जनाएको छ । 

सरकारले पछिल्लो समय प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माण लगायत दीर्घकालीन महत्त्वका निर्णयमा एकलौटी गरिरहेको भन्दै एमालेले आपत्ति जनाएको छ । यिनै विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच छलफल भएको बताइएको छ ।

उहाँहरू बीच छलफल जारी छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : ०४ बजे