मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान

क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकिएको छ  ।

उच्च अदालतले उहाँको अपिल अस्वीकार गरेपछि रजाकलाई जेल चलान गरिएको हो । 

सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलोपमेन्ट बरहाड (वानएमडीबी) दुरुपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्व प्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो ।

उहाँलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुट्नुभएको थियो। उहाँमाथिको दण्ड ढिलाइ गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ । आफूले कुनै गलत कार्य नगरेको उहाँले निरन्तर बताउँदै आउनुभएको छ । 

सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सात वटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्यासनलबाट उहाँका व्यक्तिगत खातामा पठाइएको थियो।एजेन्सी​​​​​​​

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : ३९ बजे