गृह मन्त्रीको सुरक्षा गार्डमाथि प्रहरी छानबिन सुरु

काठमाडौँ । नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालेको छ ।

सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कार्की माथि प्रहरीले अनुसन्धान थालेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाई  छानबिन तथा अनुसन्धान भइरहेको जनाएका छन ।

“छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने ब्यहोरासमेत अनुरोध गर्दछु”, राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : १४ बजे