जापानमा कोभिडका कारण एकै दिनमा ३ सय ४३ जनाको मृत्यु

टोकियो । जापानमा कोभिडका कारण पछिल्लो एकै दिनमा ३ सय४३  जनाको मृत्यु भएको छ । 

जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहँ दैनिक औसतमा ३ सय जनाको मृत्यु हुने गरेको छ । सोमबार पनि कोभिडबाट एकै दिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । जापानमा दैनिक कोभिड सङ्क्रमितको सङ्ख्या ३ लाखसम्म पुगेको थियो ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै सरकारले गतिविधिमा कडाइ गरेको छ । अनिवार्य मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।एजेन्सी

 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : ०७ बजे