राष्ट्रपति भण्डारीसमक्ष प्रमण्डलका अध्यक्षबाट शिष्टाचार भेट

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवन, महाराजगञ्जमा शिष्टाचार भेट गरेको छ ।

    उक्त अवसरमा प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डका विभिन्न आठ देशका संस्थासँग आबद्ध सदस्य तथा सांसदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ६ : २८ बजे