‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लोकतन्त्रको चुनावी एकादशीमा उपासु काङ्ग्रेसीलाई मासु खुवाउँदै देउवा

यो साता कृष्ण अष्टमीको दिन थियो, गयो । पौराणिक कथा भनूँ या मिथ आततायी कंशलाई विनाश गर्ने कृष्णको जन्म भएको दिन । सिङ्गो मुलुकवासीका अगाडि मङ्सिर चार गतेको चुनाव अगाडि आइरहेको छ । यो चुनावमा मुलुकमा २०५२ देखि २०७३ सम्म मुलुकमा अस्थिरताको आगो झोसेर द्वन्द्वकालीन र सङ्क्रमणकालीन आतङ्क मच्चाएका आततायी कंशहरूलाई मत दिइयो भने मुलुक पुनः कसरी हिंसाको गर्तमा जाकिने सम्भावना छ ? र नेपाल आमाले कसरी बलिन्द्र धारा आँसु बगाउँदै भक्कानो छाड्ने छिन्, भन्ने कुराका लागि केही दृष्टान्तसमेत प्रस्तुत गरी केही कुरा राख्दै छु ।

अबको यो चुनावमा मतदाताले यी प्रश्नहरूको उत्तर माग्नु जरुरी छ! हिजो नेपाल आमाका सुरक्षाकर्मी, किसान, श्रमजीवि र होनहार जनताको छातीमा ताकेर ढुकुर ढालेझैँ ढाल्ने को को हुन् ? कहालीलाग्दो द्वन्द्व मच्चाएर हजारौँ नेपाली दाजुभाइ दिदी बहिनीहरूको अनाहकमा ज्यान लिने को को हुन्? एउटाले टाउकाको मूल्य तोक्ने र अर्काले एम्बुस थाप्ने काम नाटक थियो कि कसैले दिएको सुपारी ?  असङ्ख्य बाआमाका आँसु धर्धरी बगाउने र चेलीबटीहरूमाथि जघन्य हत्या हिंसा गर्ने गिरोहमा मुख्यरूपमा को को संलग्न थिए ? हिजो टाउको काटाकाट र हिंसा मच्चाउने, मुलुकलाई कहालीलाग्दो अवस्थामा पुर्याउने अपराधीहरूको गठबन्धन किन र कसरी भइरहेको छ ? नेपाल र नेपालीको अस्मिता लुटिने क्रम किन र कसले जारी राख्या छ ? यी सबै जघन्य कर्म गर्ने कुकर्मीहरूलाई अहिले एकै ठाउँमा राखेर कसले घाँस हालिरहेछ ?  हत्या र हिंसाको पुनरावृत्तिबाट मुलुकलाई बचाउन यी प्रश्नहरूको चित्त बुझ्दो उत्तरसिहत मतदानको परीक्षाहलमा प्रवेश गर्नुपर्ने छ ।

स्मरण रहोस्; यो एमाले र गठबन्धनको मात्र चुनाव होइन ! यो चुनाव नेपालमा शान्ति र अमन चैन भर्सेज अशान्ति र अराजकताको चुनाव हो ।  यो नेपालीकरण  भर्सेज सिक्किमीकरण/फिजीकरणको चुनाव हो । यो चुनाव विदेशीका लागि कम्फर्टेबल कि नेपालीहरूका लागि आत्मसम्मान भन्ने मुद्दासँग सरोकार भएको चुनाव हो ।

अहिले मुलुकमा विभिन्न सशस्त्र समूहका पसल थापेर मुलुकलाई वर्वाद पार्न पल्केका नेपाल आमाका दुस्मनहरू र तिनलाई उक्साउने बदमास अराजकहरू एकातिरका कित्तामा छन् भने अर्कातिरको कित्तामा २०७२को नाकाबन्दीमा लिएको राष्ट्रिय अडान, र जनयुद्धको बाघका खोलमा ब्वाँसाहरूद्वारा भएको होलसेल हत्या ध्वंशको विरोध गर्ने र तिनलाई ठँगान लगाई साइजमा ल्याउने इमान्दारहरू अर्को कित्तामा छन् । यो राष्ट्रियता भर्सेज भ्रष्टीयताका बिचको चुनाव हो ।  

माओवादी व्यक्ति हत्याको मलमूत्रमा तराईमा कीरासरी जन्मेका सशस्त्र समूहलाई समेत निशस्त्र पार्ने र मुलुकलाई २०७४ – २०७७ को अवधिमा सिके र विप्लवलाई समेतलाई हतियार बिसाउन लगाई मूल प्रवाहमा ल्याई मुलुकलाई हिंसामुक्त बनाउने चट्टानी अडान भएका नेताले नेतृत्व गरेको पक्ष र त्यसका विपक्षका बिचको महाभारतीय लडाइँको चुनाव हो ।

हिजो नेपाली मिडियामा कस्ता समाचार छापिएका हुन्थे ? यी समाचार स्रोतका  नाइके को थिए र मुलुकमा चरम घृणाको विषादी क कसले छर्के ? भनेर यो चुनावमा मतदान गर्नु अगाडि यहाँहरूले यस्ता क्रूर कर्म सम्झनै पर्छ ।  मुलुकमा हिंसाले फणा नउठाओस् भनेर सतर्क हुनै पर्छ ।

१. टीकापुर संहार  । भाद्र ७, २०७२
टिकापुरको झडपमा एसएसपी सहित ७ सुरक्षाकर्मी र १ बालकको मृत्यु
साँझबाट सेना परिचालनकसरी भयो घटना धनगढी/टीकापुर —
कैलाली र कञ्चनपुर सहितको बेग्लै थरुहट/थारुवान प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालीका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच सोमवार दिउँसो झडप हुदा प्रहरी बरिष्ठ उपरिक्षक सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको छ ।मप्रदर्शनकारीले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाइ खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका हुन । मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी   हवल्दारका २ वषिर्य बालक टेकबहादुर साउद समेत रहेका छन्  https://ekantipur.com/ampnews/2015-08-24/20150824144826.html

टिकापुर घटनामा अमरेश कुमार, राजेन्द्र महतोदेखि देव गुरुङलाई कारवाहिको सिफ़ारिश;BY एभरेष्ट डेस्क; JANUARY 22, 2017

काठमाडौं, ९ माघ । कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसदको राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको छ ।…. उक्त घटनाको पूर्वसन्ध्यामा टीकापुरमा गरिएको सभामा सांसदहरू कांग्रेसका अमरेशकुमार सिंह, संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, माओवादी केन्द्रका नेता देव गुरुङलगायत जिम्मेवार नेताहरूको अभिव्यक्तिको पृष्ठभूमिमा घटना भएको कान्तिपुरलाई प्राप्त उपसमितिको प्रतिवेदनमा उल्लेख छ । उपसमितिले राजनीतिक आन्दोलनको आडमा आर्थिक प्रलोभन देखाई उक्साउने गरी गरिएको यस प्रकारको आपराधिक क्रियाकलापमा संलग्न जो–कोहीलाई विद्यमान कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएको छ ।  

स्मरण रहोस्; यो एमाले र गठबन्धनको मात्र चुनाव होइन ! यो चुनाव नेपालमा शान्ति र अमन चैन भर्सेज अशान्ति र अराजकताको चुनाव हो । यो नेपालीकरण भर्सेज सिक्किमीकरण/फिजीकरणको चुनाव हो । यो चुनाव विदेशीका लागि कम्फर्टेबल कि नेपालीहरूका लागि आत्मसम्मान भन्ने मुद्दासँग सरोकार भएको चुनाव हो ।

२. अन्यायको बदला लिएँ’
सुनिल जयसवाल (अग्नि)
हिमाल खबर पत्रिका १६-२९ फागुन २०६६
मेरो घर बाराको गञ्जभवानीपुरमा हो । बुबा शिक्षक हुनुहुन्थ्यो, म प्रहरीमा थिएँ । तेक्वान्दोको ब्ल्याकबेल्ट भएकाले पथलैयामा बसेर गेम सिकाउँथें । २०६० सालमा सशस्त्र प्रहरीमा भर्ती भएँ । माओवादीको दबाबले दुई वर्ष नपुग्दै जागिर छाड्न बाध्य भएँ । जागिर छाडेपछि मलाई माओवादीमा लाग्नुपर्ने दबाब आयो । मैले मानिनँ,  । उनीहरूले डकैती, लुटपाटदेखि चेलीबेटीका इज्जत लुट्ने कामसमेत गरे । मेरो एकजना साथीका दुवै हात भाँचिदिए, अर्को साथीका बुबाको हात भाँचिदिनुका साथै ट्याक्टर तोडफोड गरिदिए ।। ….मलाई माओवादीको यस्तो अत्याचारबाट जोगिने र बदला लिने ठाउँ चाहिएको थियो । त्यहीबेला म जयकृष्ण गोइतको जनतान्त्रिक तराई मुक्ति मोर्चातिर लागें । गाउँ कमिटीको अध्यक्ष हुँदै जिल्ला कमाण्डर बनें । मेरो उद्देश्य गाउँमा हामीमाथि अत्याचार गर्ने माओवादीका नेताहरूसँग बदला लिनुथियो । त्यही गर्न मैले गञ्जभवानीपुर घटनामा उनीहरूलाई ‘डम्पिङ’ गरिदिएँ (मारिदिएँ) । बाराकै मुन्ना जैसवाल र रौतहटका लक्ष्मण यादवलाई पनि मैले नै मारेको हुँ । अहिलेसम्म माओवादी र हाम्रो पार्टीभित्रै गद्दारी गर्ने समेत मिलाएर आठ जना मारिसकें । हिजो अत्याचार गर्ने र जनतालाई सताउनेलाई हामी छाड्दैनौं ।

३ . नारायण पोख्रेल हत्या ….  (नेपालदीप, मंगलबार, माघ २१ २०७६)
काठमाडौँ। वाचन शिरोमणि नारायण पोख्रेलपुत्र दीनबन्धु पोखरेलले केही बर्ष अगाडि प्रश्न गरेका थिए,”‘क्रान्तिकारी कमरेड’…हत्यामा संलग्नमाथि कारबाही वा उनीहरुले दुःख पाउन भन्ने मनसाय मेरो छैन । तर मेरो बुबाको हत्या के कारणले गरिएको थियो, त्यसको चित्तबुझ्दो जवाफ हामीलाई चाहिन्छ ।” स्वाभाविक थियो, जो व्यक्तीले धार्मिक मण्डपमा बसेर नेताले गर्नुपर्ने कर्म गर्यो उसलाई नै सुलिको उपहार दिईयो। कारण खुलाउने त टाढाको कुरा भयो। अझ आफ्नै बालसखा सह कमाण्डर भएको पार्टीबाट। साथी अर्थात् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ‘लालध्वज’ले सुरुवात गरेको जनयुद्धका क्रममा वाचन शिरोमणी नारायण पोख्रेललाई मण्डपमै हत्या गराइयो। आफ्नो जीवनको ११३६ औं भागवत कथा वाचन गर्ने क्रममा गोर्खा जिल्ला वगुवा गाविस-७ स्थायी घर भएका ५१ बर्षीय वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई ०६२ वैशाख २३ गते रुपन्देही जिल्लाको दुधराक्ष गाविस-५ मा क्याम्पस निर्माणको लागि सप्ताह यज्ञ गरिरहेको अवस्थामा गो लीहानी हत्या गरिएको थियो। हत्याको जिम्मा प्रचण्ड र बाबुरामले नेतृत्व गरेको तत्कालीन नेकपा(माओवादी)ले लिएको थियो। हरेक नेपालीका आँखाबाट आसु झार्ने त्यो विभत्स घटना पछि पाल्पा हुदै बग्ने कालीगण्डकीमा धेरै पानी बगिसक्यो। तर पोखरेल पुत्र दीनबन्धुले भने जस्तै हत्याको चित्त बुझ्दो कारण आज सम्म दिईएको छैन।

४. गौर काण्ड
गौर नरसंहार : खोलिएला १३ वर्षदेखि थन्किएको फाइल?; किशोर दहालशुक्रबार, मंसिर १३, २०७६  १२:५२ https://nepallive.com/index.php/story/18039

गौरस्थित राइस मिल्स चाैरमा फोरमले २०६३ चैत ७ गतेका लागि आमसभा आयोजना गरेको थियो। … फोरमको कार्यक्रममा सहभागी हुन गाउँगाउँबाट मानिसहरु आएका थिए। पौने २ बजे माओवादीको जुलुस सुरु भयो। कार्यक्रमका लागि उसले विभिन्न जिल्लाबाट ट्रकमा वाइसिएल कार्यकर्ता ल्याएको थियो। …. माओवादी जुलुस गरिरहेकै समयमा यता फोरमको कार्यक्रम सुरु भयो। फोरमका केही कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए। माओवादी कार्यकर्ताले सहने कुरै भएन। केही बेरमै उनीहरु पनि फोरमको मञ्चमाथि जाइलागे। तोडफोड गर्न थाले। हानाहान भयाे

जे नहुनु थियो, त्यहीं भयो।

कार्यक्रम स्थलमा गोलीका आवाज सुनिए। भागाभाग मच्चियो। कार्यक्रमस्थल एकै छिनमा रणभूमिका परिणत भयो। पछि त्यहीं ६ जनाको लास भेटिएको थियो। त्यस्तै, गौर नगरपालिका क्षेत्रभन्दा बाहिर हजमुनिया गाविसमा ११, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना तथा उपचारको क्रममा गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भयो। कूल २७ जनामा ५ महिला र २२ पुरुषको मृत्यु भएको थियो। घटनास्थलबाट भागेका माओवादी कार्यकर्तालाई फोरम पक्षले नियन्त्रणमा लिँदै बर्बरतापूर्वक हत्या गर्ने श्रृंखला चलाए।….

माओवादी कार्यकर्ताहरु अन्य जिल्लाबाट आएको हुनाले घटनास्थलबाट भागे पनि उनीहरुलाई भूगोलको राम्रो ज्ञान थिएन। त्यसैले उनीहरु सहजै फोरम पक्षको कब्जामा परे।

५. इटाभट्टा कान्ड
२०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो। बम बनाउने योजनाको नेतृत्व गरेका आलमले रौतहटको सरुअठाका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुतसमेत घाइते भएका १६ जनालाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँटा भटामा जिउँदै जलाएका थिए। घटनामा मृत्यु भएका तीन जनालाई पनि आलमले इँटा उद्योगमा जलाउन लगाएका थिए। इँटा उद्योगका मुख्य मिस्त्रीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका मिस्त्रीले पनि महम्मद महताब आलमले नै घाइते तर जिउँदै मानिसलाई भट्टीमा जलाउन लगाएको बयान दिइसकेका छन्। घटनामा पक्राउ परेका चार अभियुक्तहरुले अहिलेसम्म सांसद महम्मद आफताब आलमको निर्देशनमा महम्मद महताब आलमले नै इँटा भट्टीमा मानिसलाई जिउँदै पोल्न लगाएको बयान दिइसकेका छन्।  https://lokaantar.com/new-story/92098/

 ६. मुक्तिनाथ अधिकारीकी श्रीमतीको प्रश्न- मेरो पतिको हत्या किन र कसले गर्‍यो, कहिले जान्न पाउने?  नेपाल लाइभशुक्रबार, माघ ३, २०७६  १४:५४
२०५८ माघ ३ गते दिउँसो चन्द्रपाटातिरबाट १०–१२ नकाबधारी माओवादीहरू पाणिनी स्कुलतिर झरे । विद्यालयमा पुगेर ‘हेडसर खै ?’ भनेर सोधे। कार्यालयमा रहेका शिक्षकले ‘कक्षामा पढाइरहनुभएको छ’ भनेपछि त्यतै लागे र ‘भित्र आउन सक्छु’ भनेर सोधे। अधिकारीले ‘म कक्षा लिँदै छु, एकछिनमा सकिएपछि कुरा गरौंला नि’  भनेर जवाफ दिए।तर उनीहरू जबर्जस्ती कक्षाकोठामा पसे। शिक्षक अधिकारीको हात समातेर पछाडि डोरीले बाँधे। बल लगाएर बाहिर निकाले। विद्यार्थीहरू रुन थाले, होहल्ला सुरु भयो, अरू कक्षाका विद्यार्थी र शिक्षकसमेत जम्मा भए।  शिक्षक र विद्यार्थीले विरोध गरे।  शिक्षक र विद्यार्थीले घेरा हालेपछि माओवादीले ‘तपाईंहरूको सरलाई केही गर्दैनौं, केही कुरा गर्नु छ, एकछिन कुरा गरेर फर्काइदिन्छौ’ भनेर आश्वासन दिए । आफ्नै घरनजिकैको ठाडो गल्लीबाट  शिक्षक मुक्तिनाथलाई चन्द्रपाटातिर लगियो । सर्वोदय माध्यमिक विद्यालयमा हाफछुट्टी थियो । ‘च्यानपाटामा पिङ हाल्ने स्थानमा अड्याएर यो डाडाँमा कारबाही गर्नुपर्ने ७ जना फटाहा छन, यो पहिलो कारबाही हो भन्ने भाषण गरेका थिए रे’ सुमनले सम्झे ‘गाउँको बीचमा नजिकैको रूखमा बाँधेर हत्या गर्न खोजे, विरोध भएपछि  बस्ती नभएको स्थानमा हिमालको सामुन्ने हात पछाडि डोरीले बाँधेको अवस्थामा गह्राको डिलमा रहेको उत्तीसको रूखमा आफैंले लगाएको गलबन्दीले घाँटी कसेर बाँधे। टाउकोमा गोली हाने, छाती र पेटमा चुपी धसेर हत्या गरेछन् ।

​​​​​​​अहिले मुलुकमा विभिन्न सशस्त्र समूहका पसल थापेर मुलुकलाई वर्वाद पार्न पल्केका नेपाल आमाका दुस्मनहरू र तिनलाई उक्साउने बदमास अराजकहरू एकातिरका कित्तामा छन् भने अर्कातिरको कित्तामा २०७२ को नाकाबन्दीमा लिएको राष्ट्रिय अडान, र जनयुद्धको बाघका खोलमा ब्वाँसाहरूद्वारा भएको होलसेल हत्या ध्वंसको विरोध गर्ने र तिनलाई ठेगान लगाई साइजमा ल्याउने इमानदारहरू अर्को कित्तामा छन् । यो राष्ट्रियता भर्सेज भ्रष्टयताका बिचको चुनाव हो ।

अँ, पढ्नुभयो नि यी ६ प्रतिनिधि समाचारहरू । हामी नेपालीहरूको हिजोको कुरो तुरुन्तै बिर्सने बानी छ, उहिले ५२ साल पूर्व संसद्मा तेस्रो पार्टी छँदै थियो, संसदीय व्यवस्था अन्त्यका लागि मच्चाएको हत्या, हिंसा पश्चात् पुनः उही संसदको तेस्रो पार्टी हुन १७ हजारको हत्या र यत्रो विध्वंश किन मच्चाइएको थियो त्यसको औचित्यको हिसाब माग्न भुसुक्कै बिर्स्यौँ । मुलुक लुटी निरन्तर अद्यावधिसमेत घरबेटी र घरपुत्रपुत्री पोस्ने कुकर्म भुल्यौँ । जनवादको चक्लेटको खोस्टोभित्र राखिएको परिवारवादी बिस्टाको दुर्गन्ध बिर्स्यौँ । लाडकूका नाममा देशको ढुकुटी सुकुटी बनाएको बिर्स्यौँ । जनमुक्तिका घडाभित्र राखिएको जनहत्याको हलाहल विष पिउनु पर्दाको पीडा भुल्यौँ । तराईबाट पहाड लखेट्न लाउने अपराधीलाई  बिर्स्यौँ । पहाडबाट तराई टुक्राउन लगाउन सुपारी लिने मतियारलाई बिर्स्यौँ । नेपालको तराई सीमा तिलाठीमा लाठी लिएर नेपाली सीमा जोगाउने आदिबासी धर्तीपुत्र तराईबासीलाई बासी देख्न थाल्यौँ । पारिबाट आउँदाआउँदै सीमानामै नागरिकता प्रमाणपत्र दिन हतारियौँ र तिनैलाई साजी देख्न थाल्यौँ । एमसिसीको दुर्दान्त नाटक बिर्स्यौँ । नागरिकताको गनाउने नौटङ्की पनि बिर्स्यौँ ।

कम्तीमा पनि यही बिचमा मुलुकमा यी तमाम विकृतिहरूलाई मत्थर पार्ने भएका काम एकपल्ट संझौँ । नेपालले नाकाबन्दीको कहिल्यै सामना गर्नु नपर्ने गरी नेपाल भूजडित बनेको कुरो मनन गरौँ । लिपुलेकमा सिङ्गो मुलुकलाई एकै ठाउँमा ल्याउने राष्ट्रिय सहमतिलाई छातीमा राखौँ । सुरुङ्मार्ग लगायत भूकम्पले ढलेका धरहारा जस्ता राष्ट्रिय सम्पदाको युद्धस्तरको पुनर्निर्माण संझौँ । काठमाडौँको फोहोर, खाल्टाखुल्टी धुलोको समाधान गरेको कुरो पनि याद गरौँ । उत्तर र दक्षिणको छिमेकीसँग सन्तुलित, मर्यसदित र राष्ट्रियस्वाभिमान सहितको कूटनीतिक सम्बन्धलाई संझौँ ।  

किनकि हत्यारालाई रेफ्री बनाएर सत्ताको शाकाहारी ( लोकतान्त्रिक ) खेल शान्तिपूर्ण ढङ्गले कदापि खेलिँदैन । शान्ति र अमन चैनलाई ठेँगान लगाएर हिंसाको पुनर्जागरणका अभियानमा सफल हुन्छु भनेर हिडेका हुँडारहरू होउन् वा पत्नीलाई प्रधानमन्त्री बनाउने भोक र आफू सातपटक सत्ता चढ्ने काजीका पाजी सपना होऊन् त्यो सबै  भर्सेला परोस् ! तर यही भोकमा मुलुकमा फेरि हिंसाले फणा उठाउने स्थिति आउन दिने कि नदिने भन्ने कुरोको छिनोफानो मङ्सिर ४ गते गर्नै पर्ने छ ।  फेरि नयाँ शब्दजाल फ्याँकेर मुलुकमा पुनः हिजोका जस्ता दुर्दान्त घटना घटाउने गरी हाम्रा हात अपराधीहरूलाई जिताउन अगाडि नसरून् भन्नेतर्फ सचेत हुनु जरूरी छ ।

हिजो सत्ताका आडमा र विदेशीका इसारामा दायाँ बायाँ आफै बसेर हिंसा  मच्चाई दिनुसम्म दिएको दुख नभुलौँ । नेपाली काङ्ग्रेस ( प्रचण्ड ) का रूपमा अनुवाद हुन लागेको लोकतान्त्रिक काङ्ग्रेसलाई लोप हुन नदिनका लागि सच्चा काङ्ग्रेसले ‍एकपल्ट ध्यान गरेर मनन गरौँ । काङ्ग्रेसका उमेदवार भएका ठाउँमा काङ्ग्रेसलाई मत देऔँ,  ठिकै छ  ! तर लोकतन्त्रका पहरेदार काङ्ग्रेसजनले र सच्चा लोकतन्त्रवादीले आफ्ना उमेदवार नउठेका ठाउँमा शान्तिका पक्षमा मतदान गर्न नभुलौँ ।  त्यसो गर्न सक्नुहुन्न भने सकेसम्म हिंस्रकलाई मतदान नगरौँ  !

किनकि “देउवाजी” बाहिर बाहिर लोकतन्त्रको एकादशी उपास्ने शाकाहरी दललाई भित्रभित्र मासु र रक्सीको कुलत लगाइरहनु भा,छ ! त्यो कुलतबाट सात्विक काङ्ग्रेसजन सतर्क हुने बेला छ । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : ५३ बजे