चितवनमा छ सवारी साधन तोडफोड, पाँच जना बन्दकर्ता पक्राउ

चितवन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले छ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।

चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्‍याएका छन् ।

चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी सवारी साधन तोडफोडमा संलग्न रहेको आशङ्कामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह, सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : २५ बजे