‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

काठमाडौँ उपत्यकामा नेपाल बन्दको न्यून प्रभाव, बन्द गराउँदै हिँडेन १७ जना पक्राउ

काठमाडौँ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा न्यून प्रभाव देखिएको छ। 

बन्द घोषणा गरिएको भनिए पनि आज उपत्यकामा सामान्य रूपमा नै सवारीका साधनहरू  निर्बाध रूपमा आवतजावत भइरहेका छन् । सडक र चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारीका साधनहरू अन्य दिनजस्तै सामान्य रूपमा निर्बाध चलिरहेको जानकारी दिएको छ। 

उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन् । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : १० बजे