‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला

धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् ।

गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडक खण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको जानकारी दिनुभयो ।

आज नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शङ्कास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा भने आज पनि सामान्य रूपमा गाडीहरू चलिरहेका छन् । 

तर राजधानीका सडकहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । काठमाडौँका विभिन्न स्थानका चोकहरूमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ५१ बजे