पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध प्रहरी अनुसन्धान

काठमाडौँ  । पाकिस्तानको प्रहरीले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ। 

शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उहाँ विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ।

यी पूर्व शीर्ष नेताका समर्थकहरू उहाँको घर बाहिर जम्मा भएका छन् र उहाँ गिरफ्तारीमा परेको खण्डमा आफूहरूले परिस्थिति ‘नियन्त्रणमा लिने’ बताएपछि देशमा तनाव चुलिएको छ। गत अप्रिलमा सत्ता च्युत भएदेखि खान सरकार र देशको सेनाको मुखर आलोचक बन्नुभएको छ ।

क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बन्नुभएका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उहाँमाथि अनुसन्धान सुरु गरेको हो। यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन्।

बिबिसीका अनुसार शनिवार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामवादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १२ : ०६ बजे