‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कल्याणपुर नगरपालिकाद्वारा शोक बिदा

लहान । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ ।

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ । 

लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो । उहाँको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो । 
 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ११ : ३३ बजे