काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आइपिओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ ।
सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ ।
सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ ।
अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रूपमा सी–आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्वा शुल्क उठाउँदै आएका छन् ।
लामो समयदेखि लगानीकर्ताहरूले सी–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।
प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ११ : १० बजे
प्रतिक्रिया