प्रतिनिधिसभाको आजको बैठकले गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ । दिवगत नेता प्रदिप गिरीको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गर्ने भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्ने भएको हो । 

२०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा सिराहा– ५ बाट पहिलो पटक सांसदमा निर्वाचित हुनुभएका गिरी त्यसपछि क्रमशः २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिराहा–१ बाट निर्वाचित भएको क्यान्सर पीडित गिरीको शनिवार राती उपचारको क्रममा निधन भएको थियो ।

नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद गिरिको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ३० बजे