युरो कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आजदेखि 

काठमाडौँ । युरो स्कुलको आयोजनामा युरो कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १२ टोलीको सहभागिता रहने युरो स्कुलकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले जानकारी दिनुभयो । 

सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ । 

विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । 

यु–१७ उमेर समूहमा उक्त प्रतिस्पर्धा हुने छ । नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताका खेल हात्तीगौडास्थित कोर्टमा खेलाइने छ । 

फाइनल खेल यही भदौ १३ गते हुनेछ । 

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ११ बजे