एमाले अध्यक्ष ओलीद्वारा नेता गिरीको निधनमा दुःख व्यक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता प्रदिप गिरीको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

शनिवार राती उपचारको क्रममा निधन भएका गिरीप्रति सामाजिक सञ्जाल ट्विटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदना प्रकट गर्नुभएको छ । 

“चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु” आज बिहान ट्विट गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो,“‘उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।” 

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : १३ बजे