प्रतिनिधिसभा आजको बैठकमा बेपत्ता तथा सत्य निरूपण मेलमिलाप आयोग विधेयक पेस हुँदै

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण मेलमिलाप आयोग विधेयक पेस हुने भएको छ । 

प्रतिनिधिसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण मेलमिलाप आयोग विधेयक २०७९ पेस हुने भएको हो । 

उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाले पेस गर्नुहुने भएको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुहुने छ  । 

 

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : १४ बजे