‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

मकवानपुर । मकवानपुरमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको थाहा नगरपालिका ७ घर भएकी महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुरको थाहा नगरपालिकाका ती युवा काठमाडौँ बानेश्वर बस्दै आएका थिए ।

आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई अनामनगरबाट पक्राउ गरेको हो । बागबजारमा आफूलाई बलात्कार गरेको पत्नीको आरोप छ । आरोपित पतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले साउन १७ मा पक्राउ अनुमति दिएको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १ : ४१ बजे