देवाही गोनाहीमा सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा ल्याउने तयारी

रौतहट । रौतहटको देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुविधा सम्पन्न नगर स्तरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी छ । 

देवाही गोनाहीमा नगरपालिकाको भवन नजिकै घर भाडामा लिएर नगरपालिकामै पहिले पटक अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

सामान्य बिरामीले नगरबाहिर गएर उपचार गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भदै ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनमा आएपछि नगरपालिकाका सबै वडा तथा छिमेकी पालिकाका बिरामीले समृत सेवाको लाभ लिने अपेक्षा गरिएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताउनुभयो ।  

नगरका विपन्न, गरिब र मुख्य ओहोदाका व्यक्तिलाई केन्द्रित गरी नगरपालिकामै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नगरपालिकाको वडा नम्बर ८ मा हाल दुई एमबिबिएस चिकित्सकले २४ घण्टा सेवा दिने गरी १५ शय्याको बिरामी मैत्री भवन सहितको अस्पताल सञ्चालन ल्याउने तयारी भएको देवाही गोनाहीका नगरप्रमुख प्रेमलाल साह कानुले बताउनुभयो ।

अस्पतालमा आधुनिक उपचारका उपकरणहरू भिडियो एक्स-रे, डिजिटल एक्स-रे, अत्याधुनिक ल्याब, आकस्मिक उपचार कक्ष सहितको प्रसूति सेवा लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ११ : १९ बजे