‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लागु औषध सहित निजगढका दुई जना पक्राउ

बारा । बाराकाे बाराको निजगढ नगरपालिका–८ बाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको हो । 

बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको पूर्व‍-पश्चिम लोकमार्ग सडकखण्डबाट पथलैयाबाट निजगढ आउदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिकाका –९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६/२६ थान बरामद गरेको जनाएकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानका निम्ति उनीहरूलाई ईलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको र  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

लागुऔषध फेला परेपश्चात उनीहरु सवार रहेको स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बाराको निजगढ लागुऔषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ । यहाँबाट प्रत्येक दिन लागुऔधषसहित युवाहरू पक्राउ पर्ने गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ५ : १६ बजे