माओवादीले टुंग्याएन पदाधिकारी चयन, शनिबार फेरि बैठक बस्ने 

काठमाडौं । माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ ।

पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयाे ।

 ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल ग¥यौं,’ महराले भन्नुभयाे ।  

पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिनुभयाे। 

भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उहाँले बताउनुभयाे । 
 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ११ : ५५ बजे