काठमाडौं – मकवानपुर आसपास भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको छ ।
भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका स-साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार ७ : ४७ बजे
प्रतिक्रिया