काठमाडौँ । नेकपा एमालेले नागरिकता विधेयक विषयगत समितिमा पठाउन माग गरेको छ।
प्रतिनिधिसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा नागरिकता विधेयक रोकेर सर्वदलीय बैठक बोलाउन र नागरिकता विधेयक विषयगत समितिमा पठाउन माग गरिएको एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो।
बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, सांसदहरू कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङ सहभागी हुनुन्थ्यो ।
बैठकमा सत्तापक्षका सांसदहरूले भने अहिले नै पारित गरेर अघि बढ्ने बताएको थिए।
राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद् सचिवालयको सम्भावित कार्यसूची छ ।
राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधिसभामा फिर्ता गर्नुभएको थियो।
प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार १२ : ०६ बजे
प्रतिक्रिया