मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मंकिपक्स सङ्क्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । 

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुई जना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो । 

“मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौँ कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो”,  डब्लूएचओका रोजामुन्ड लुइसले भन्नुभयो । मानिसबाट जनावरमा मंकीपक्स सङ्क्रमण सरेसँग डब्लूएचओले सावधानी दर्साउन सबैलाई आग्रह समेत गरेको छ । एजेन्सी

 

 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ११ : ०८ बजे