नागरिकता विधेयकको विरोधमा नेमकिपाको आज राजधानीमा विरोध सभा गर्ने

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा आज राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ ।

कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँ बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको मजदुर किसान पार्टीले जनाएको छ । 

नयाँ वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिनुभयो । उहाँका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्बोधन गर्नुहुने छ ।

मजदुर किसान पार्टीले नागरिकता विधेयक विरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरे लगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसद्बाट पास गर्ने तयारी छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १० : ४५ बजे