एमाले अध्यक्ष ओली विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि गृह जिल्ला झापा जानुहुँदै 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तीन दिनका लागि गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । 

तीन साताअघि चार दिन बसेर फर्कनुभएका अध्यक्ष ओली ओली आज पुनः  तीन दिन बस्ने गरी झापा जान लाग्नुभएको हो ।

यस पटक अध्यक्ष ओली नेपाल कै होचो भूमि केचनादेखि गौरादह र बिर्तामोडदेखि इलामको चुलाचुलीसम्म राखिएको कार्यक्रममा सहभागी हुनुहुनेछ  । 

अध्यक्ष ओलीका सांसद प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार आज ११ बजे भद्रपुर विमानस्थलमा अवतरण गरेर अध्यक्ष ओली कचनकवल गाउँपालिकाको बनियानीमा आयोजना हुने कार्यक्रममा जानुहुनेछ । उहाँले त्यहाँ बृहत् पार्टी प्रवेश तथा क्षेत्र नं ३ का कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली आजै नेपालकै होचो भूमि कचनकवल स्तम्भको अवलोकन गर्न पनि जानुहुने कार्यक्रम रहेको छ ।

उहाँले आज साँझ ५ः०० बजे आफ्नो निर्वाचन क्षेत्र दमकमा मैथिली समाज र मुस्लिम समाजका अगुवा कार्यकर्ताहरूसँग पशुपति मन्दिरको हलमा  भेटघाट गर्नुहुने जनाइएको छ  । 

अध्यक्ष ओली भोलि शुक्रवार ३ गते बिहान ११ः३० बजे इलामको चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरी ठुलो सङ्ख्यामा कार्यकर्ताहरूलाई एमाले प्रवेश गराउनुहुनेछ । 

दिउसो १:००  बजे एमाले निकट मजदुरहरूको दमक नगर सम्मेलन उद्घाटन तथा भेटघाट कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ भने अपराह्न ३ः३० बजे गौरादह ५ स्थित स्कुलचौनमा आयोजना हुने पार्टी प्रवेश तथा जनसङ्गठनहरूको भेटघाटमा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । साँझ ५ः०० बजे पार्टी निकट नेपाल उद्योग तथा व्यवसाय महासङ्घले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुने अध्यक्ष ओलीका सांसद प्रतिनिधि थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भदौ ४ गते बिहान ११ बजे प्रोग्रेसिप इन्जिनियर एसोसिएसन नेपालको प्रदेश नं १ स्तरीय सम्मेलन बिर्तामोडको सिटी सेन्टरमा उद्घाटन गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । हिमाल पार्टी प्यालेस बिर्तामोडमा दिउसो १ः०० बजे आयोजना हुने अनेमसंघ झापाको जिल्ला अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्नुहुनेछ । दिउसो २ः३० बजे नेपाल उद्योग तथा व्यवसायी महासङ्घको जिल्ला भेलालाई सम्बोधन गरेर  अध्यक्ष ओली अपराह्न ३ः३० भद्रपुरबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।

 

 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ८ : २० बजे