राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।

आज  प्रतिनिधिसभाको बैठकले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ ।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ । 

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद् सचिवालयको सम्भावित कार्यसूची छ ।

राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधिसभामा फिर्ता गर्नुभएको थियो। 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ७ : ४१ बजे