दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने  चार जना घाइते भएका छन् ।

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको हो । मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो । 
प्रहरीका अनुसार दुर्घटनामा जीपमा सवार चार पुरुष र एक महिलाको मृतयु भएको छ ।  दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ५ : २४ बजे