८५२ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५३१ र एन्टिजेन विधिबाट ३२१ जना गरी कूल ८५२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ६ हजार ३८३  नमूनाको परीक्षण भएको थियो।यो अवधीमा ३२८ जना संक्रमित डिस्चार्ज भएका छन्।

बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ रहेको छ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : ५६ बजे