निर्वाचन आयोगमा ८४ दल दर्ता, आजैबाट जाँचबुझ सुरु हुने 

​​​​​​​काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मङ्सिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन ।

आयोगमा दर्ता भएअनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ ।

यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाट जाँचबुझ सुरु गरिनेछ । 

राजनीतिक दलले पेस गरेका कागजपत्र सही छन् कि छैनन्? भन्ने बारेमा आजबाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 

​​​​​​​

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ८ : २४ बजे