बुधबार महाभियोग छानबिन समितिको बैठक बस्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको महाभियोग प्रस्ताव छानबिन समितिको बैठक डाकिएको छ । बैठक भोलि बिहान साढे ११ बजेलाई बोलाइएको हो । 

अभियोग लगाएर लामो समय छानबिनसमितिमा पेश नगरी अलमलमा राखिएपछि यस्को ब्यापक विरोध सुरु भएको थियो । गठबन्धनका नेताहरुले अभियोग फेल हुनेभएसँगै यस्लाई अल्झाउने मेलो मात्रै गर्दैै आइरहेको आरोप छ  । चर्को विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावलाई संसदीय प्रस्ताव छानबिन समितिमा पठाएपनि उक्त समितिको पनि बैठक बसेको थिएन ।  

भोलि बस्ने बैठकले समितिको सभापति चयन गर्ने छ । त्यसपछि छानबिनको कार्यविधिबारे पनि छलफल र अनुमोदन गर्ने कार्यसूची छ । समितिमा नेपाली काँग्रेस र माओवादी केन्द्रका दुई दुई,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका एक एक जना गरी ११ सदस्य छन् ।
 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ५६ बजे