‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चार बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

फिदिम – चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन ।

फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

शनिबार राती बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ। 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : १५ बजे