‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ  

काठमाडौं । दुबई पठाईदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् । 

दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिषामा दुबई जानको लागि साढे ७ लाख रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिने प्रलोभन उनले देखाएका थिए । 

पीडितलाई मासिक एक लाख रूपैयाँसम्म तलव हुने विश्वास दिलाई उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । 

पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट उनलाई पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।  

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : ३२ बजे