साठी वर्षीय वृद्धको छुरा प्रहार गरी हत्या

इस्लामाबाद ।  पाकिस्तानमा अहमदिया समुदायमा लगातार लक्षित हत्या भइरेहको छ  । यसैबीच पञ्जाब प्रान्तको चेनाबनगर शहरमा अहमदिया समुदायका एक ६० वर्षीय व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरिएको छ । 

हत्या गरिएका नसीर अहमद र उनका भाइ मुनीर बिहान किनमेल गर्न जान बस पार्खाइमा रहेका अवस्थामा छुरा प्रहार भएको डन अखबारले प्रहरी जानकारी दिएको छ । 

एक अज्ञात व्यक्तिले उनीहरूलाई रोकेको र उनीहरूको धर्मको बारेमा प्रश्न गरेको जनाइएको छ । आक्रमणकारीले आफ्नो झोलाबाट छुरा निकालेर अहमदलाई आक्रमण गरेको र  उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

छुरा प्रहार गरी भाग्न खोजेका ती व्यक्तिलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएको थियो । आक्रमणकारीले उनीहरूलाई धार्मिक आधारमा आक्रमण गरेको र तहरीक–ए–लब्बैक पाकिस्तान (टीएलपी) को पक्षमा नारा लगाएको पीडितका भाइ मुनीरले डनलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : ४४ बजे