बाख्रा मरेपछि बन्चरेडाँडामा फेरि रोकिए फोहोरका गाडी

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बेकेर बन्चरेडाँडा गइरहेका टिपरहरु फेरि रोकिएका छन् ।  फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मरेपछि कागती गाउँका बासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेका हुन् । स्थानीयको अवरोधपछि फोहोरका  सयौ‌ गाडी रोकिएका  छन् ।

​​​​​​​आज बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको टिपरले किचेर बाख्रा मारेपछि स्थानीयले अवरोध गरेका हुन् ।

उपत्यकाको फोहोर हिजोदेखि उठ्न थालेको थियो । 

शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेको थियो ।  स्थानीयको आन्दोलनपछि आजबाट फेरि रोकिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : २१ बजे