‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लागु औषधसहित तीन जना पक्राउ

कर्णाली । प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । 

लागु औषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागु औषध ब्युरोबाट खटिएको प्रहरीले शनिवार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरे डाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै उनीहरूको साथबाट तीन सय ८० मिलिग्राम अवैध ब्राउन सुगर बरामद गरिएको छ । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ०९ बजे