राष्ट्रपति भवनमा घटस्थापना

आगामी मङ्सिर ४ गते हुने दल दर्ता गर्न तीन दिन मात्रै बाँकी

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय तीन दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले निर्माण गरेको कार्य तालिका अनुसार अब तीन दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । “यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन्”, प्रवक्ता पौडेलले भन्नुभयो ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।  

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : १९ बजे