राष्ट्रपति भवनमा घटस्थापना

आमरण अनशनरत निहारिकाको विषयमा राष्ट्रपतिको चासो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा चासो देखाउनुभएको छ । 

उहाँले कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई शनिवार बोलाएर यस विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।

राष्ट्रपतिसँगको भेटमा मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्च अदालत तानेर न्याय परिषद्ले छानबिन गरिरहेको जानकारी दिनुभएको थियो ।

आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग राख्दै ९ दिनदेखि आमरण  अनशनरत निहारिकाले शुक्रवार राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गर्नुभएको थियो । तर, प्रहरीले हस्तक्षेप गरी उहाँको ज्यान जोगाएको थियो । 

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ४९ बजे