भारत र नेटो लामो समयदेखि निकट सम्पर्कमा

नयाँ दिल्ली – भारत र नेटो बीच विभिन्न स्तरमा निकट छलफल र सम्पर्क  रहेको  भारतको विदेश मन्त्रालयले जनाएको छ।  ब्रसेल्समा दुई पक्षबीच विभिन्न स्तरमा सम्पर्क भइरहेको बताइएको छ। 

"भारत र नेटोले लामो समयदेखि ब्रसेल्समा विभिन्न तहमा सम्पर्क जारी राखेका छन्। पारस्परिक हितका विश्वव्यापी मुद्दाहरूमा विभिन्न सरोकारवालाहरूसँग हुने हाम्रो सम्पर्कको यो एउटा अंश हो," मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताएका छन् । 

सन् २०१९ मा भारत र नेटोबीचको राजनीतिक संवादको मिडिया रिपोर्टको बारेमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा सो कुरा उल्लेख गरेका हुन् ।
भारतले  सन् २०१९ डिसेम्बरमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) सँग आफ्नो पहिलो राजनीतिक वार्ता गरेको  बताएको छ।

रासस-एएनआई

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : १५ बजे