राष्ट्रपति भवनमा घटस्थापना

जीप दुर्घटनामा दुई डिएसपीसहित छ घाइते

रुकुम । रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११, सेरामाथिको मोडमा  ल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको  लु. १ झ ६६० नम्बरको जीप दुर्घटना भएको हो । जीप  सडकबाट ८० मिटर तल खसेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायव उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते भएका छन् । उनीसँगै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायव उपरीक्षक रविन श्रेष्ठ पनि घाइते भएको प्रहरीले जनाएको छ ।

जीपमा दुई प्रहरी संगठनका जिल्ला प्रमुखसहित छ जना सुरक्षाकर्मी सवार रहेको बताइएको छ ।
घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारार्थ अस्पताल पुर्याउन नेपाली  नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकोप्टर उद्धारका लागि घटनास्थलमा पुग्न लागेको बताइन्छ ।
 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १ : २७ बजे