‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पन्चदेवल विनायक नगरको बजेट अझै सार्वजनिक भएन

अछाम । अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नाै वटाले वजेट सार्वजनिक गरेका छन् । तर, यहाँकाे पन्चदेवल विनायक नगरपालिकाले भने अझैसम्म पनि बजेट सार्वजनिक गरेकाे छैन् । नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन् ।

स्थानीय १५ वर्षीय किशोर विनोद शाहीको हत्याको आरोपमा नगर प्रमुख अम्बिका चलाउनेमाथि मुद्दा दर्ता भएपछि नगरको सम्पूर्ण कामकाज रोकिएकाे छ । यही कारण नगरसभा समेत हुन सकेकाे छैन । नगर प्रमुख अम्विका चलाउनेले बजेटको विषयमा कुनै विवाद नभए पनि पन्चदेवल विनायक घट्ना कारण बजेट निर्माण ढिलाई भएको बताउनुहुन्छ । उक्त घट्नाका विषयमा आन्दोलनरत पक्षसँगै केही सम्झौता भएपछि अब वजेट निर्माणको प्रक्रिया अघि बढेको उहाँले बताउनुभयाे । 

पन्चदेवल विनायक घट्ना र स्वास्थमा समस्या भएपछि उपचारको लागि जिल्ला बहिर जाँदा केही ढिला भएको नगर प्रमुख चलाउनेकाे भनाइ छ । अब १५ भदाैभित्र बजेट ल्याउने तयारी भईरहेको उहाँले बताउनुभयाे । उहाँले बजेट निर्माण पक्रियाको लागि सम्पूर्ण विषयगत शाखाले तयारी गरिहरहेको समेत जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १२ : ३१ बजे