इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

जाकार्ता ।  इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके)ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ ।    

मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ ।

पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो ।

केपीकेका प्रवक्ता अलि फिक्रिले स्थानीय सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । केपीकेको टोलीले उनीहरूमाथि लागेको आरोपसम्बन्धी अरू प्रमाणहरू जुटाउँदै गरेको पनि फिक्रिले जानकारी दिनुभयो ।   

“धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरूलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।  

पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उहाँले बताउनुभयो । रासस÷सिन्ह्वा 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : ३९ बजे