नेतृत्वको कुशल निर्णयले फेरी पनि बन्छ एमालेको सरकार

सत्य तितो र अप्रिय लागे पनि यथार्थ ओकल्नु बाध्यता बनेको छ । नेपाली जनता महान् छन् । उनिहरmको चोखो र पवित्र भावनाको दुरुपयोग कसैले गरेको छ भने त्यो अवसरवादी र स्वार्थी नेतृत्वको कारणले भएको छ । 

नेपालमा जनअधिकार प्राप्तिको राजनीतिक आन्दोलनको इतिहास केलाउने हो भने सतर्क वर्षहरू नजिक पुगेका छन् । नेपाली काँग्रेस  र नेपाल कम्युनिष्ट पार्टीको जन्म पत्रिका पल्टाउँदा खासै अन्तर रहेका छैनन् । नेपालमा भएका राजनीतिक आन्दोलनको सफलताको पछाडि तिनै महान् जनता र कार्यकर्ताको सफलता लुकेको छ । आजका दिनसम्म आउँदा नेपालका कतिपय दलहरूले त्यसको सही मुल्यांङ्कन गर्न चुकेका हुन वा नचाहेका हुन त्यो विश्लेषण गर्ने काम विश्लेषकहरूको विषय हो । यहाँका कैयौँ असफलताको पछाडि  नेताको ट्याग लगाएका स्वार्थी र अवसरवादी दलालहरू स्वदेशी जनताको लागि भन्दा पनि विदेशी मालिककै हितको खातिर काम गरेको पाइन्छ । 

पार्टीको कार्यक्रम र घोषणासहित राजनीतिक पार्टीको रूपमा नेतृत्व स्थापित गर्न र गराउनमा नेपाली जनता र कार्यकर्ताको अहम् भूमिका रहेको छ । नेपालमा २००७,२०४६ र २०६२/०६३ को जनआन्दोलनहरूमा नेता र नेतृत्वको सफलता र सक्षमतामा मात्रै नभएर जनता र सफल कार्यकर्ताको भूमिकामा सफलता लुकेका छन् । हरेक समयका आन्दोलनका कालखण्डहरूलाई केलाउने हो भने नकाबधारी अवसरवादीहरूको कारणले मात्रै यहाँको आन्दोलन कमजोर भएको छ । त्यो पनि निःस्वार्थी जनता र सक्षम कार्यकर्ताको सफलतालाई असफल नेता र नेतृत्वको स्वार्थी र अवसरवादी चरित्र नै दोषी रहेको पाउन सकिन्छ । 

क) पटक पटक आन्दोलन पछाडि पर्नुको कारण के होला ? 
​​​​​​​आन्दोलन कार्यकर्ता र जनताको बलमा भएको हुन्छ । नेतृत्वले आफ्नो विचार कार्यकर्तामा राख्छ र त्यही कार्यकर्ताले त्यो विषयको आवश्यकता र औचित्य जनतामा पुर्‍याए संवाद र सुसूचित गराएपछि नै त्यसले आकार ग्रहण गरेर सफलतामा पुगेको हुन् नेपालका सफल जनआन्दोलनहरू । जब आन्दोलन सफलतामा पुग्दछ र त्यसको संयोजन र नेतृत्वको काम सानो घेराबाट सञ्चालन हुन थाल्दछ त्यसपछि नै असफलताको खुट्किलाहरूको काउनडाउन सुरु भएको पाइन्छ । त्यो हुनुको पछाडि पनि कारणहरू रहेका छन् । 

ती कारण हुन आन्दोलन नै पराईको हित र स्वार्थका लागि हुनु र देशको समृद्धिको लागि राजनीतिक–आर्थिक कार्यक्रमहरू कहिल्यै दिगो रूपमा विस्तार नहुनु, अरूले गरेका राम्रा र असल कामको अनुकरणमा असफलता र विध्वंस वा विघटनमा मात्र भविष्य  खोज्नु, अवसरवादी चरित्र र नातावाद कृपावादका साथमा भक्तहरूको खोजी गरेर भगवान् बन्ने सपना देख्ने महान् भुल नै असफलताका मुल कारणहरू हुन् । 

यसैलाई नै बिपी कोइरालाले भन्नुभएको छ, “आन्दोलनको समयको नेतृत्व सक्षम र निःस्वार्थी नेतृत्वले गरेको हुन्छ, जब आन्दोलन सफल हुन्छ तब नेतृत्वमा सुकिलामुकिला र नवधनाढ्य अवसरवादीहरूको नेतृत्व पार्टीमा प्रवेश गरेर नेतृत्वमा कब्जा जमाउनेछन् र नै आन्दोलनको मर्म मर्दै कमजोरी आउनेछन् ।”

वास्तवमा कति यथार्थ र पारदर्शी विश्लेषण बिपीको । आन्दोलनमा भिड्ने मर्ने मार्ने र मारिनेहरू, जेलनेल भोगेकाहरू र भूमिगतमा रहेर कठोर परिश्रमका साथ काम गरेकाहरूलाई विभिन्न बहानामा किनारा लगाउने काम भएका छन् । 

एउटा सानो उदाहरणीय रिपोर्टलाई अध्ययन गर्ने हो भने २०४६ सालको जनआन्दोलन अगाडिसम्म भूमिगत कालमा नेकपा माले पार्टीको कार्यकर्ता र नेतृत्वको भूमिकामा ६२ जिल्लाहरूमा भूमिगत रूपमा झापालीहरू रहेको तथ्याङ्क सुनिएको थियो । तिनको सुझबुझपूर्ण नेतृत्वमा जनआन्दोलन सफल भयो, तर आन्दोलनपछि ती स्वः तह नेतृत्व तहबाट विस्थापन, असफल र असक्षमतामा रूपान्तरित हुन पुग्ने थिएनन् । के उद्देश्यले आन्दोलनको उठान भएको थियो र त्यसको बैठानको दायित्वबाट उनीहरूलाई क्रमशः अनेक बहानामा वञ्चित गरियो । 

नेतृत्व हिजो त्यही अवसरवादमा रमायो । साम दाम दण्ड भेदधारीलाई पार्टीमा प्रवेश गराइयो । अवसरवादलाई प्राथमिकतामा राखेर काम गरेपछि परिणामको प्रकृतिमा असफलता हात पर्नु त्यसकै परिणाम हो । परिणामपछि त्यसको दोष धर्ती माता सरहका जनता र कार्यकर्तामा खोट खोज्न सुरु गरेको पाइन्छ । आन्दोलन असफलताको पछाडिको मुल कारण नै नेतृत्वको स्वार्थी र गुट परस्त धारणा जिम्मेवार रहेको छ ।  नेकपा एमालेको गत स्थानीय तहको निर्वाचनको परिणाम राजनीतिक दिशाहीनताको उपज हो । 

ख) के पार्टीले आगामी निर्वाचनमा पुनः सरकार बनाउने सफलता पाउन सक्तैन ?
सक्छ, अवश्य पनि सक्छ । जनता र देशका लागि बुद्धि पुर्‍याउने एक मात्रै राजनीतिक पार्टी नेकपा एमाले हो । एमाले देशको आवश्यकता र औचित्य हो । यो देशमा कुनै पनि राजनीतिक दलहरूले गर्न नसकेको राजनीतिक, सामाजिक आर्थिक कार्यक्रमको सफल नेतृत्व र विकासको काम यही पार्टीले मात्र गर्न सक्ने छ भन्ने धेरै उदाहरणहरूको परिणामहरू खोज्न कतै जानु पर्दैन । 

नेपालको सफल राजनैतिक नेतृत्व गर्ने काम र त्यसको सफल नेतृत्व पनि यही पार्टीले गरेको छ र अब पनि गर्न सक्नेछ । अहिले एमालेले नै सरकार चलाउने हो भनेर देउवाको स्थिरता रहेको भए फेरी पनि प्रतिपक्ष भनेकै वेटिंङ्ग सरकार हो भनूँ र बुझ्नु पर्ने हो । भोका जुका जस्ता नेता र नेतृत्वले न देश चलाउन सके न त अरूलाई दिए । असहिष्णु संस्कृतिको सधैँभरि सिकार भएको छ नेपाली राजनीति । त्यसका लागि पनि नेतृत्वको असक्षम दोषी चस्मा भने बदल्नु जरुरी रहेको छ । 

सफल गन्तव्यको सफलता पछाडि कुशल ड्राइभर वा पाइलटको आवश्यकता हुन्छ । वर्तमान नेतृत्वमा एमालेमा रहेका कैयौँ स्वार्थी र अवसरवादीहरूबाट अमर लामाहरूलाई गाडी हाँक्ने जिम्मा दिएर त्यसको दोष हेड क्वाटर, तलका कार्यकर्ता र जनतामा थोपरेर पार्टी अध्यक्षसमक्ष गलत रिपोर्ट पेस गरेर पानी माथिको ओभानो हुने अवस्थामा रहेका छन् । यस समयमा पार्टीको हेड क्वाटरलाई बिना हिच्किचावट भन्नुपर्दछ आगामी निर्वाचनमा अमरेहरुले नै टिकट दिलाउन सिफारिस गरेमा वा टिकट पाएमा यो पार्टीको भविष्यको आकलन गर्न कठिनाइ हुनेछ । 

तर त्यो नभई वर्तमान परिस्थितिमा सुधार भई  २०४६/०४७ अघिका पार्टीको सक्षम नेतृत्व र २०४३/०४४ सालका जनपक्ष समयका, २०४९ देखि २०५९ सम्म जनप्रतिनिधिको भूमिका निर्वाह गरेर राजनीतिक र सामाजिक काममा जन अनुमोदित भएर सफलताको सक्षम बाटो पार गरेका किशेन्द्र शाहीहरू जस्ता पाइलटलाई चिनेर नेतृत्वमा ल्याउने पहिचानको खुबी हेड क्वाटरले राख्न सक्नुपर्दछ । 

सुकिलामुकिला टिपटप अमर लामाहरू र झुत्रे झाम्रे किशेन्द्र शाहीहरू एउटै हुन सक्तैनन् । पार्टी हेड क्वाटरले ध्यान दिनुपर्ने विषय अर्को पनि रहेको छ । त्यो हो छोराले बाबुको सही मुल्यांङ्कन कहिल्यै पनि गर्न सक्तैन, यदि बाबुको मुल्यांङ्कनको जिम्मेवारी दिने हो भने त्यसको पनि बाबु वा आमालाई दिएर मात्रै सही मूल्याङ्कनको परिणाम आउनेछ । जीवन भरमा कुनै पनि तहको समेत जनमतमा असफलता भोगेकाहरू अनुमोदित भएकाहरूले सफल र सक्षम हुने जनप्रतिनिधिहरूको सिफारिस गरेर निर्वाचन परिणाम गुलियो र रसिलो आउला भनेर परिणामको अपेक्षा गर्नु अर्को महाभूल हुन सक्दछ ।  

पार्टीमा लागेका ईमान्दार कार्यकर्तालाई करोडौँ रकमैको डिमान्डको हाउगुजीको पछाडिको रहस्य, र निर्वाचनमा धनवाद र डनवादको पक्षधरताले नेपाली राजनीतिको सफलता चुम्ने सपनाको पछाडि नै गम्भीर रहस्य लुकेको छ । झापाको कैयौँ स्थानको स्थानीय तहको निर्वाचन २०७९ को परिणाममा यसको अनुहार टड्कारो देख्न सकिन्छ । असफलतालाई सफल बनाउने र सफलतालाई असफल बनाउने खेल हामी भित्रको गलत चिन्तन र व्यवहारको परिणाम हो । 

के २०४८ सालमा भएको संसद्को निर्वाचनमा धनवादी र डनवादीले गर्दा मेची अञ्चल चार जिल्ला, एमालेको लाल किल्ला बनेको हो त ? होइन । राजनीतिमा इमानदारिता, साहस, निःस्वार्थता र कर्तव्य निष्ठताको आवश्यकता पर्दछ । नेपालका राजनीतिक दलहरूले जनमतको खरिदबिक्रीको सपना देख्ने काम नै अत्यन्त गलत रहेको छ । धनवाद नै प्रमुख हुन्थ्यो भने मोहनलाल अग्रवाल, नरेन्द्र खनाल, गोपाल चन्द्रसिंहहरूका अगाडि द्रोणप्रसादहरू उदाउने थिएनन् । शरदचन्द्र शाहहरू र भिमप्रसाद गौचनहरूका अगाडि जागृत र प्यासीहरू जन्मने थिएनन् । जातियता र लिङ्गियताको चिन्तनले पद्मरत्नहरू पद्मरत्न हुने थिएनन् । यो लेखकले चार वर्ष अगाडि नै सरकार र पार्टीको ट्र्याक क्लियर नहुँदा बालेन, साम्पांङ्ग र हमालहरू जनताले जन्माउने सङ्केत नेतृत्व तहमा गरिसकेको थिए,जो आज सत्य साबित भएको छ । म फेरी पनि भन्दछु दोषको भारी अर्कालाई बोकाएर सफलताको शिखर चढ्न सकिँदैन , सफलताको शिखर चुम्ने हो भने असफलताको पछाडि मुख्य रूपमा आफ्नै कमीकमजोरीको कारणहरू लुकेका हुन सक्छन्, त्यसको सही पहिचान नभए सम्म कहिल्यै पनि लक्षमा पुग्न चुकिरहनु पर्ने हुन्छ । ती निस्वार्थ चक्षुले दृश्यावलोकनको र अवलोकनको आवश्यकता मात्रै रहेको हुन्छ  भन्ने लेखकीय ठहर छ । 

ग) कसरी बनाउन सकिएला आगामी निर्वाचनबाट एमालेको पुनः सफल सरकार ? 
वर्तमान गठबन्धन देशद्रोही र विकास विरोधी मात्रै नभएर यो विदेशीहरूको नेपाली एजेन्ट हो । यसले देशको साख बोक्न सक्ने क्षमता राख्दैन । यो भ्रष्ट र गन्तव्यहीन पातकी अवसरवादीहरूको गठबन्धन हो । यसले देश र जनताको लागि रतिभर पनि काम गर्न यसको जन्म भएको होइन भन्ने जगजाहेर भएको विषय हो । यसलाई किन ल्याएको थियो र यसलाई अझै पालेमा भविष्यमा देशले के कस्ता हर्कत बेहोर्नु पर्ला भन्न अब गाह्रो छैन । केपी ओली सरकारले प्रतिगमन गर्‍यो भनेर आरोप लगाउने काम कागले आफ्नो नाम आफै भनेको जस्तै हो । एमसीसी,एस्पीपी, नागरिकता विधेयक नै यसका काफी उदाहरणहरू हुन् । यसलाई यो निर्वाचनपछि विस्थापन गर्नु फलामको चिउरा चपाउनुसरह नै हुनेछ, वर्तमान नेतृत्वमा रहेका कतिपय अनुहारहरूको भरमा । तर कसरी सम्भव गर्न सकिएला त  पार लगाउने काम नै मुल विषय हो । हरेक नेतृत्वको असफलता पछाडिको विजय र सफलता जनतामा अन्तर निहित रहेको हुन्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । जनता जहिले पनि अग्रगमनको पक्षमा रहेर आमूल परिवर्तन चाहन्छन् भने नेतृत्व पश्चगमनको आफ्नो निहित स्वार्थमा चुर्लुम भएका कारणले जनताले दलको साथ छोडेका उदाहरणहरू छन्। एउटा नेतृत्वसँग भड्केको जनता अर्को सक्षम र सफल परिचित नेतृत्व पाएमा अझै पनि बलिदान गर्न तयार रहेको हुन्छ । यो एउटा विशेष खुबी र क्षमताको आवश्यकता पर्दछ । जो वर्तमान हेड क्वाटरको सारथिको भरमा सम्भावना खोज्न सकिँदैन । त्यसका लागि त असम्भव लाग्ने बोल्ड राजनीतिक निर्णयको खाँचो पर्दछ । त्यो क्षमता पार्टीका श्रद्धेय अध्यक्ष तथा निवत्तृमान प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अन्तर निहित रहेको छ । जसका लागि निम्न बुँदागत सुझाव राख्दछु । जसले साझा प्रकाशनको महाप्रबन्धकमा मेरो सिफारिस हुँदा मलाई असक्षम देखेका थिए तिनलाई मेरो सफलता मैले पस्केको अनुभूति गरेको छु । मैले अरू केही समय पाएको भए त्यसको फोहोर आजको भन्दा सफा हुने थियो । नेकपा एमालेको आगामी २०७९ मङ्सिर ४ गते पछाडि देश हाँक्न सक्ने सरकार बनाउने र प्रतिगमनकारी गठबन्धन परास्त गर्ने हो भने तपसिलका विचार अग्नायेस्त्र पनि हुन सक्दछन् भन्ने मेरो ठहर छ । 

१.यो सत्य हो विगतमा सांसदको टिकट पाएका जितेका वा हारेका जो भए पनि तिनैलाई हेड क्वाटरका ईमान्दार योग्य र सक्षम ,भ्रष्टाचारबाट मुक्त रहेका आर्थिक चलखेलमा नफसेकाहरू मध्ये भित्रबाट पार्टीको प्राकृतिक नेतृत्वको गतिशीलताको लागि १० प्रतिशतमा नबढाउने गरी टिकट दिने र अन्य पार्टीका सबै नेतृत्वले मैदानमा बसेर मातहतलाई परिचालन गर्ने, उपत्यकाको बसाई सबैले १० दिन भित्रमा परित्याग गरी मङ्सिरको पहिलो हप्तापछि परिणामसहित फर्किने  । नयाँ र निस्कलंकितहरmलाई जनताको बिचमा स्थापित गर्ने । 

२.विगतमा नेकपा माले र एमाले कालमा राजनीतिक र सामाजिक कामको सफल नेतृत्व गरेका सक्षम पार्टीका नेता र जनप्रतिनिधिहरू मध्येबाट ५० प्रतिशतलाई टिकट वितरण गर्ने, जसका कारणले “लेमेन”ले पनि सामाजिक न्यायको महसुस गर्न सकोस् र मेरो वर्गीय प्रतिनिधित्व भएको छ भनेर पनि आत्म बोध महसुस गरोस् ।

३. २० प्रतिशतमाथि महिला र सीमान्तकृत वर्गबाट छानियोस् र टिकट दिइयोस् । १० प्रतिशत बौद्धिक र विषय विशेषज्ञता र १० प्रतिशत जाती भूगोल धर्म संस्कृति भित्र रहेर नयाँ नयाँ अनुहारको प्रवेशका लागि गरिएको साहसिक निर्णयले एमालेमा नयाँ रक्त सञ्चार हुनेछ र जनतामा भएको सबै निराशाको अन्त्य हुन गई आगामी दिनमा अख्तियार गरिने प्रतिबद्धताको पनि सार्वजनिकीकरण गरिनुपर्दछ । ९० प्रतिशत निस्कलंकित अनुहारहरू जनतामा जाने वातावरण बनेमा पार्टीको विजयलाई कसैले पनि एमालेको सरकार बनाउनबाट रोक्न सक्तैन ।  राजनीतिक व्यक्तित्वहरू पनि बाच्नुपर्दछ, तर वर्तमान परिस्थितिको व्यापारिक मानसिकताबाट पार्टीलाई मुक्त गर्न सकिएन भने धेरै केसजंगहरूको जन्म भइरहने र पुष्पलालहरू निरन्तर किनारामा पुर्‍याइने कामले न देश बन्नेछ न त पार्टीको सक्षमताले जननिराशामा क्लिक गर्नेछ । ​​​​​​​​​​​​​

त्यसै कारण पार्टीको पुनः निर्माण र विकासको लागि एक ऐतिहासिक साहसिक दूरदर्शी राजनीतिक निर्णयको खाँचो रहेको छ । यसमा लेनिनको एक भनाइरहेको छ एक पाइला आगे त दुई पाइला पिछे भन्ने भनाई रहेको पाइन्छ । के यो विचार नेतृत्व तहमा रहेकाहरूलाई सुपाच्य रहला रु हेरौँ भविष्यले नै बताउनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : १४ बजे