राष्ट्रपति भवनमा घटस्थापना

चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। 

ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भए पनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गए राति सवा ८ बजे पैदल हिँडिरहेका ती युवकलाई ठक्कर दिएको थियो। 

ठक्कर दिए लगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो । ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

 

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ९ : २६ बजे