सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौँ । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले बनाएको कार्यदलको दोस्रो बैठक आज बस्ने भएको छ  ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

कार्यदलको आजको बैठकमा सिट बाँडफाँडको आधार र मापदण्ड तय गर्ने तयारी रहेको बताइएको छ । 

सिट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा नेपाली काङ्ग्रेसबाट तीन जना र अन्य दलबाट दुई र दुई जना सदस्य रहेका छन् । 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : ५२ बजे