आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ । 

राति प्रदेश १, बागमती र गण्डकी  प्रदेशका थोरै स्थान  र बाँकी भू–भागका एक÷दुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ ।

शुक्रवार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भू–भागमा एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ श्रावण २६ गते (बिहीबार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बागमती र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ।  प्रदेश १, बागमती र गण्डकी  प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ श्रावण २७ गते (शुक्रवार)
​​​​​​​दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा र बाँकी भू–भागमा एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ श्रावण २८ गते (शनिवार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ। 

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको थोरै र प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : २३ बजे