‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दलित गाउँका पहिलो शिक्षक

बझाङमा एकै परिवारका ३ जना मृत भेटिए

बझाङ । बझाङमा एकै परिवारका ३ जना मृत भेटिएका छन् । बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

​​​​​​​२२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको बुङ्गल नगरपालिका–९ का वडाध्यक्ष हरिशबहादुर सिंहले जानकारी दिए। मृतक बालिकाको भने नाम खुलेको छैन।

मंगलबार गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुङ्गलको प्रहरी टोली घटनास्थल पुगेको छ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ४ : १८ बजे