बालाजुस्थित बाइसधारामा जुत्ता चप्पल कारखानामा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाइसधारामा एक जुत्ता चप्पल कारखानामा आगलागी भएको छ । 

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासको औद्योगिक क्षेत्रनजिकै रहेको वान वर्ल्ड जुत्ता चप्पल कारखानामा आगो लागेको हो ।

अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले जानकारी दिनुभयो । आगलागी नियन्त्रणमा लिन जुद्ध वारुणयन्त्र, सेना र प्रहरीको दमकलसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।

 

 

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १२ : १६ बजे