राष्ट्रपति भवनमा घटस्थापना

अछाममा ४ हजार ८० मतदाता थपिए

अछाम । आगामी मङ्सिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता  थपिएका छन् । 

जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार असारबाट सुरु भएको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कूल  ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्र प्रकाश थारुका अनुसार  स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको भिड लागेको थियो ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै पालिका र सदरमुकामसम्म पुगेका थिए । 

साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको  मिति घोषणा गरेपछि साउन २० गतेबाट  मतदाता नामावली सङ्कलन कार्य बन्द भएको थियो ।

उहाँका अनुसार हाल ८२ हजार २ सय ५१ महिला, ७८ हजार १ सय ७ पुरुष र २ अन्य गरी कुल मतदाता १ लाख ६० हजार ३ सय ६० पुगेका छन् ।

जिल्लामा मतदान स्थल १ सय ३० तथा मतदान केन्द्र २०७ रहेको निर्वाचन कार्यालय अछामले जनाएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ९ : ०० बजे