‘लक्ष्य र गन्तव्यमा द्विविधा रहेकासँग बाम–एकता गरेर एमाले बलियो हुन सक्दैन’ 

बुटवल । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ल्याएर बाम एकता गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चा बन्दी गरेकाले उनीहरूलाई ल्याएर एमाले बलियो हुन नसक्ने उहाँको भनाई छ ।

एमाले रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेका पार्टी भएको बताउनुभयो । 

“माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ, एमालेको मुख्य प्रतिस्पर्धा काङ्ग्रेससँग नै हो, केही अलमलिएका साथीहरूलाई पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने छ”– महासचिव पोखरेलले भन्नुभयो । 

गठबन्धनबाट सङ्क्रमणलाई लम्ब्याउने काम भइरहेको भन्नुहुँदै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका महासचिव पोखरेलले आफ्नो पालामा नमुना बनेको लुम्बिनी प्रदेशमा सरकार फेरिएसँगै बेथिति मौलाएको बताउनुभयो । 

प्रदेश सरकारले फैलाएको बेथितिका कारण आमजनतामा प्रदेश संरचनामाथि नै प्रश्न उठ्न थालेको भन्दै उहाँले प्रदेशलाई ठिक ढङ्गले चलाउन नसक्दा व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी हुने अवस्था आउनु दुःखद भएको बताउनुभयो । 

दृढ सङ्कल्पका साथ निर्वाचनमा खटिएर एमालेलाई मुलुकको नेतृत्वमा पुनः पुर्‍याउन कार्यकर्ताहरूलाई उहाँले निर्देशन दिनुभयो । स्थानीय तह निर्वाचनमा हिजोका दिनमा एक्ला एक्लै चुनाव लड्दा २९४ सिट जितेकोमा अहिले गठबन्धनसँग लड्दा २०६ जितेको आधारमा दृढ सङ्कल्पका साथ चुनाव लड्दा जित्न सकिन्छ भन्ने आधार प्रस्ट भएको उहाँको भनाई थियो । 

उहाँले कतिपय जित्ने ठाउँ पनि एमालेले गुमाएको उल्लेख गर्दै त्यसमा रहेका आन्तरिक कारणको गम्भीर समीक्षा गरेर अब अगाडि बढ्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

उपमहासचिव प्रदीप ज्ञवालीले एमालेविरुद्ध सबै शक्ति एक भएकोमा साना विषयमा आन्तरिक मतभेद राखेर पार्टी कमजोर बनाउने छुट कसैलाई नभएको बताउनुभयो ।  उहाँले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको बताउनुभयो । 

“माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ, एमालेको मुख्य प्रतिस्पर्धा काङ्ग्रेससँग नै हो, केही अलमलिएका साथीहरूलाई पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

 

 

 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ३६ बजे