बाढीको स्थितिमा सुधार

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी 

नयाँ दिल्ली । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी हुनुभएको छ भएका छ । 

शनिवार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी हुनुभएको हो । उहाँले विपक्षी दलकी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गर्नुभएको हो  । 

बीजेपी नेतृत्वको एनडीए उम्मेदवार धनखरले ५२८ मत प्राप्त गर्नुभएको थियो भने अल्भाले केबल १८२ मत प्राप्त गर्नुभयो । 

जगदीप धनखर सन् १९७७ यता भएका उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै ठुलो मतान्तरले विजयी हुनुभएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डाले उहाँलाई बधाई तथा शुभकामना दिनुभएको छ। धनखर बङ्गालका पूर्व राज्यपाल समेत हुनुहुन्छ ।एजेन्सी

 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : १४ बजे